भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशका विभिन्न स्थानमा आगलागीबाट करोडौंको क्षति, १६ घरगोठ जलेर नष्ट, दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा आगलागीबाट करोडौंको क्षति, १६ घरगोठ जलेर नष्ट, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय आगलागीका घटनामा बृद्धि भएका छन् । देशका विभिन्न स्थानमा आगलागीका घटनाबृद्धि भएसंगै मानवीय र भौतिक क्षति बढी हुने गरेको छ ।

पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका – ६, हेक्लाङीको बाँसडाँडा, रेडी र खुमडाँडामा गरी १६ घरगोठ जलेर नष्ट भएको हो । बुधबार दिउँसो वनमा लागेको आगो बेलुकीपख गाउँमा पस्दा घरहरू जलेका हुन् । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेका छन् ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। आगलागीबाट स्थानीय ७४ वर्षका तेजबहादुर लामा र ७४ वर्षकै श्रीमती ठूली लामाको जलेर मृत्यु भएको हो ।

तीन छोरा र तीन छोरी रहेका तामाङ दम्पतीमात्रै घरमा बस्थे। लमजुङमा रहेका दुई छोरा र काठमाडौंमा रहेका अर्का छोरा घटनास्थल पुगेका छन्। उनीहरुको घरमा मकै पिस्ने विद्युतीय घट्ट रहेको र राति विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेको छ।

पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति आगलागी हुँदा १ करोड हाराहारीको क्षति भएको छ । साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका छन् । आधा घण्टामा आगो नियन्त्रणमा आए पनि क्षति भने बढी भएको सञ्चालक ध्रुव मरासिनीको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.