भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

पश्चिमी तराईमा आज अत्यधिक गर्मी, धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

पश्चिमी तराईमा आज अत्यधिक गर्मी, धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

काठमाडौं, ६ जेठ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बुधबार अत्यधिक गर्मी हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तराईका अधिकांश जिल्लामा दिउँसोको समयमा तापक्रम उल्लेख्य रूपमा बढ्नेछ भने कडा घामका कारण ‘तातो दिन’ महसुस हुने अवस्था रहनेछ ।

आज सबैभन्दा बढी तापक्रम धनगढीमा मापन हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार धनगढीको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । यस्तै नेपालगञ्जमा ३८ देखि ४० डिग्री, दिपायलमा ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको छ ।

यी क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेकाले दिउँसोको समयमा गर्मी अझ बढी महसुस हुने मौसमविद्ले बताएका छन् । अत्यधिक गर्मीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई सतर्कता अपनाउन सुझाव दिइएको छ ।

यता देशका पहाडी तथा पूर्वी भू–भागमा भने मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । काठमाडौं, पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङ क्षेत्रमा दिउँसो मध्यम वर्षाको सम्भावना करिब ४० प्रतिशतसम्म रहेको बताइएको छ । राजधानी काठमाडौंको अधिकतम तापक्रम भने आज २७ देखि २९ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ ।

आज राति पनि सुदूरपश्चिमका डडेल्धुरा, दिपायल र धनगढी लगायतका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तर मध्य तथा पूर्वी भेगका धेरै स्थानमा आंशिक बदलीसहित मेघगर्जन र चट्याङ्गको सम्भावना कायम रहने मौसमविद्ले बताएका छन् ।

पोखरा, सिमरा, विराटनगर, धरान, जनकपुर, धनकुटा र ताप्लेजुङ लगायतका क्षेत्रमा रातिको समयमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । हिमाली जिल्ला जोमसोम र जुम्लामा भने मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.