भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

निर्माण सामग्रीमा १०७ प्रतिशतसम्म मूल्यवृद्धि, विकास आयोजनाहरू प्रभावित

निर्माण सामग्रीमा १०७ प्रतिशतसम्म मूल्यवृद्धि, विकास आयोजनाहरू प्रभावित

मुख्य बुँदा

पश्चिम एसिया द्वन्द्वको असरले नेपालमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्यो

बिटुमिन (अलकत्रा) को मूल्य १०७ प्रतिशतसम्म वृद्धि

डिजेलको मूल्य ६२ प्रतिशतले बढेर निर्माण कार्य महँगो बन्यो

डन्डी, सिमेन्ट, इँटा र अन्य सामग्रीमा पनि उल्लेखनीय मूल्यवृद्धि

श्रमिकको ज्यालामा पनि करिब २५ प्रतिशत वृद्धि

करिब ३० हजार विकास आयोजनाको भविष्य अन्योलमा

निर्माण व्यवसायीहरू पाँच दिनदेखि आन्दोलनरत

वैज्ञानिक मूल्य समायोजन र म्याद थपको माग

निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको व्यवसायीको दाबी

काठमाडौँ, ५ जेठ । पश्चिम एसियामा जारी द्वन्द्वको असर नेपालमा समेत देखिन थालेको छ। इजरायल/अमेरिका–इरान द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा निर्माण सामग्रीको मूल्य १०७ प्रतिशतसम्म वृद्धि भएको छ।

यस अस्वाभाविक मूल्यवृद्धिका कारण देशभर सञ्चालनमा रहेका करिब ३० हजार विकास आयोजनाको भविष्य अन्योलमा परेको निर्माण व्यवसायीहरूको भनाइ छ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधित्वमा व्यवसायीहरू पाँच दिनदेखि देशभर आन्दोलनमा छन्। उनीहरूले सबै प्रकारका ठेक्कामा वैज्ञानिक मूल्य समायोजन, रोकिएका कामका कारण कालोसूचीमा नराख्ने र आयोजनाको म्याद तथा बजेट पुनः व्यवस्थापन गर्न माग गरेका छन्।

महासंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार निर्माण क्षेत्रमा प्रयोग हुने मुख्य सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भएको छ। उनका अनुसार सडक निर्माणमा प्रयोग हुने बिटुमिन (अलकत्रा) को मूल्य १०७ प्रतिशतले बढेको छ। पहिले प्रतिकेजी ७५ रुपैयाँमा पाइने बिटुमिन अहिले १५५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, डिजेलको मूल्यमा ६२ प्रतिशत वृद्धि भएको छ, जसको प्रत्यक्ष असर निर्माण उपकरण सञ्चालनमा परेको छ। अन्य सामग्रीहरूको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।महासंघका अनुसार डन्डी (फलामे छड) मा ३५ प्रतिशत, सिमेन्टमा १५ प्रतिशत,

श्रमिक ज्यालामा २५ प्रतिशत तथा इँटा लगायत अन्य सामग्रीमा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले निर्माण क्षेत्र इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन्। उनका अनुसार सामग्रीको मूल्यवृद्धि, सरकारी व्यवहार र दक्ष जनशक्तिको अभावले निर्माण उद्योग नै संकटमा पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.