भर्खरै : Sorry, your browser does not support inline SVG.
मासु किन्दा अब छाप हेर्नुहोस् : उपत्यकाका तीन जिल्लामा आजदेखि मासु जाँच ऐन लागू | रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्दै पाँच युरोपेली देश, सन् २०२७ देखि परीक्षण | पश्चिमी वायुको प्रभाव कायमै, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना | मल कारखानादेखि पशुपन्छी विकाससम्म : प्रधानमन्त्रीको भारत भ्रमणमा यस्ता छन् कृषि एजेन्डा | एआई रिपोर्टकै आधारमा थेसिस अस्वीकार गरेको भन्दै त्रिविका विद्यार्थी सर्वोच्चमा | कात्तिकमा उपत्यकामा ट्राफिक नियम मिच्ने झन्डै १३ हजार चालक कारबाहीमा | भुटानी शरणार्थी समस्या समाधानमा भारतको सहयोग खोज्न नेपाल सरकारलाई आग्रह | चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी |

पश्चिमी वायुको प्रभाव कायमै, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १ मंसिर । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशका हिमाली भूभाग र कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा भने तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली रहनेछ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.