रानीकोट गढी कहिले बन्छ सरकार ?

रानीकोट गढी कहिले बन्छ सरकार ? image

भक्तपुर । ऐतिहासिक महत्वको रानीकोट गढी भग्नावशेष भएको धेरै वर्ष भयो । यहाँ राज्यकका हरेक सरकारको दृष्टिपर्छ तर सार्थकता नपाउँने गरेको छ ।

पछिल्लो समय रानीकोटको ऐतिहासिकता खोज्दै हिँड्ने जो कोहीको मनमा उब्जीने एउटै प्रश्न हो रानीकोट दरबार कहिले बन्छ सरकार ? हो यही प्रश्नले यहाँ पुग्ने जो कोहीलाई सरकार हराएको, पुरातत्व पुरानै भएको र दरबारले प्राण पाउँने यात्रा झन टाढा भएको महसुस गर्ने गरेका छन् ।

When will Ranikot

२०७३ साल पुस महिनामा पुरातत्व विभागले उत्खन्न गरे पनि पूर्णता भने पाएको छैन । मल्लकालमा निर्माण गरिएको रानीकोट गढी दरबार हाल भग्नावशेषका रुपमा परिणत मात्रै होइन वेवारिसे अवस्थामा रहेको छ । सामरिक दृष्टिकोणबाट महत्वपूर्ण रानीकोट गढीको यो अवस्था देख्दा मनमा धेरै प्रश्नहरुले बास गर्ने गरेको स्थानीयको भनाई छ ।

पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बनेको रानीकोट र रानीकोट दरबारको आसपासमा राष्ट्रिय प्राणी उद्यान, तत्कालीन मल्कालमा रानीले नुहाउने कुँवा, घ्याम्पे डाँडा, पाइलटबाबा आश्रमलगायतका महत्वपूर्ण पर्यटकीय स्थान रहेका छन् ।

रानीकाटे दरबारको उत्तरपूर्वमा डोलेश्वर महादेव (केदारनाथको शिर), आशापुरी, दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेव, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ आकारको भैरवको मूर्ति रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न भागसहित राजधानीका तीन शहर र हिमालयश्रृङ्खला नियाल्ने उत्कृण्ट स्थान रानीकोटबाट बिहान सूर्योदय र साँझमा सूर्यास्तसमेत नजिकबाट नियाल्न सकिन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda