भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

रानीकोट गढी कहिले बन्छ सरकार ?

रानीकोट गढी कहिले बन्छ सरकार ?

भक्तपुर । ऐतिहासिक महत्वको रानीकोट गढी भग्नावशेष भएको धेरै वर्ष भयो । यहाँ राज्यकका हरेक सरकारको दृष्टिपर्छ तर सार्थकता नपाउँने गरेको छ ।

पछिल्लो समय रानीकोटको ऐतिहासिकता खोज्दै हिँड्ने जो कोहीको मनमा उब्जीने एउटै प्रश्न हो रानीकोट दरबार कहिले बन्छ सरकार ? हो यही प्रश्नले यहाँ पुग्ने जो कोहीलाई सरकार हराएको, पुरातत्व पुरानै भएको र दरबारले प्राण पाउँने यात्रा झन टाढा भएको महसुस गर्ने गरेका छन् ।

When will Ranikot

२०७३ साल पुस महिनामा पुरातत्व विभागले उत्खन्न गरे पनि पूर्णता भने पाएको छैन । मल्लकालमा निर्माण गरिएको रानीकोट गढी दरबार हाल भग्नावशेषका रुपमा परिणत मात्रै होइन वेवारिसे अवस्थामा रहेको छ । सामरिक दृष्टिकोणबाट महत्वपूर्ण रानीकोट गढीको यो अवस्था देख्दा मनमा धेरै प्रश्नहरुले बास गर्ने गरेको स्थानीयको भनाई छ ।

पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बनेको रानीकोट र रानीकोट दरबारको आसपासमा राष्ट्रिय प्राणी उद्यान, तत्कालीन मल्कालमा रानीले नुहाउने कुँवा, घ्याम्पे डाँडा, पाइलटबाबा आश्रमलगायतका महत्वपूर्ण पर्यटकीय स्थान रहेका छन् ।

रानीकाटे दरबारको उत्तरपूर्वमा डोलेश्वर महादेव (केदारनाथको शिर), आशापुरी, दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेव, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर र ऐतिहासिक बाघ आकारको भैरवको मूर्ति रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न भागसहित राजधानीका तीन शहर र हिमालयश्रृङ्खला नियाल्ने उत्कृण्ट स्थान रानीकोटबाट बिहान सूर्योदय र साँझमा सूर्यास्तसमेत नजिकबाट नियाल्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.