भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

जगाती क्षेत्रमा साविककै स्थानमा बस स्टप थप गर्ने निर्णय

जगाती क्षेत्रमा साविककै स्थानमा बस स्टप थप गर्ने निर्णय

भक्तपुर । सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत जगाती क्षेत्रमा साविककै स्थानमा बस स्टप थप गर्ने निर्णय भएको छ । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीयवासीहरुको माग बमोजिम साविकको स्थानमा बस स्टप थप गर्ने बैठकले निर्णय गरेको र जगाती बसस्टप सम्बन्धमा बसेको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत जगाती क्षेत्रमा सडकको डीपीआरमा साविकको भन्दा फरक स्थानमा बस स्टप प्रस्ताव गरिएकोमा गुनासो पछि उक्त निर्णय भएको हो ।

यसका लागि भक्तपुर नगरपालिकाले पटक पटक सरोकारवालाहरुको बैठक राखी समन्वय गर्ने प्रयास गर्दै आएको थियो ।
भनपा वडा नं.५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा गठित आदर्श चोक निर्माण सम्भाव्यता अध्ययन कार्यदलको बैठकले बस स्टप थप गर्ने सम्बन्धी निर्णय गरेको हो ।

बैठकमा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भनपाका इन्जिनियर दिलभक्त जयना, आयोजनाका सि.डि.ई सजना अधिकारी, इन्जिनियर विवेक पाण्डे, स्थानीय सरोकारवालाहरु मणिरत्न बज्राचार्य, सिताराम खाइजु, कृष्ण भक्त कवां, राजकुमार बनमाला, श्रीजन खागी, कृष्ण लाल किसीलगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.