जहाँ काठे पुल तर्न पैसा तिर्नुपर्छ

जहाँ काठे पुल तर्न पैसा तिर्नुपर्छ image

बेदकोट (कञ्चनपुर) ।कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्।

शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन्। दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन्। वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ । यो पुल पनि अब जीर्ण बन्दै गएको छ  । उनले भनिन,  ‘बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ।’

वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पक्की पुल निर्माण गर्ने भनेको वर्षौँ भइसक्यो। काम कहिले सकिन्छ ? त्यसको केही सुरसार छैनु, लालझाडी–५ का धोके रानाले भने,  ‘पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ।’

स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन्। नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका छन्। सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताए।’पुलका टेको मक्किएका छन्। दुर्घटनाको खतरा छ। हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने ?’,  उनले भने।

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्क बिच्छेद हुने गरेको छ। बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दु:ख दिने गरेको छ।’वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन। बाढीले बगाउने हुनाले पुल हटाइन्छु, उनले भने,’त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ।’  रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास image

    अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास

    दाङ । देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले  आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन्...

  • सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु image

    सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु

    काठमाडौं । पोखरामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं ७ बुलौंदीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र २–०३४प...

  • जलेर एक महिलाको मृत्यु image

    जलेर एक महिलाको मृत्यु

    सुनसरी । इटहरीमा एक महिलाको मृत्यु भएको छ। आगलागी हुँदा इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको हो। शनिबार मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी...

  • कैलालीमा तीन जना पक्राउ image

    कैलालीमा तीन जना पक्राउ

    धनगढी । लागुऔषध सहित कैलालीबाट तीन युवा पक्राउ परेका छन् । उनीहरु लागुऔषध सहित तीन युवा कैलालीको टिकापुरबाट पक्राउ परेका हुन । इलाका प्रहरी टीकापुरको टोलीले उनीहरुलाई पक्राउ गरेको...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon