काठमाडौं । रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
ओलीले शुक्रबार राति श्रीमतीको हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए।
जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन्। उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल...
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको...
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...
काठमाडौं, १ वैशाख । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका जोडीहरूले सहमतिमा गरेको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी नमान्ने निर्णय गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४...