भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

श्रीमतीको हत्या गरेर श्रीमान छोरासहित फरार

श्रीमतीको हत्या गरेर श्रीमान छोरासहित फरार

काठमाडौं । रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

ओलीले शुक्रबार राति श्रीमतीको हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए।

जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन्। उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.