भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कोपा अमेरिका फुटबलको तेस्रो स्थानमा उरुग्वे

कोपा अमेरिका फुटबलको तेस्रो स्थानमा उरुग्वे

काठमाडौं । कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विजयी भएको छ । आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो ।

ब्याङक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा उरुग्वेका रोड्रिगो बेन्टाङ्कर र लुइस सुवारेजले समान एक गोल गरेपछि बराबरी भयो । तर पेनाल्टीमा क्यानडा पराजित भयो ।

कोपा अमेरिका फुटबलको उपाधिका लागि भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.