भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

चलान गरिएका भन्दा बसमा १५ यात्रु बढी, ५८ अझै बेपत्ता, खोजी कार्य जारी

चलान गरिएका भन्दा बसमा १५ यात्रु बढी, ५८ अझै बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड सिमलतालमा असार २८ गते पहिरोमा परेर बेपत्ता भएका दुई बसमा चलानी गरेको भन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् ।

काठमाडौंबाट गौर जादै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् ।चलानीमा २७ जना उल्लेख भए पनि बीचमा विभिन्न ठाँउबाट यात्रुहरु चढेको भनेर विवरण टिपाएका हुन् । टिपाएको विवरण जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बीरगञ्जबाट काठमाण्डौं आँउदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुबै बसमा गरेर थप १५ यात्रु बसमा यात्रारत रहेको देखिएको छ । घटनामा कुल ६५ यात्रु परेको देखिएको, ति मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

३ जनाको सनाखत भएको र अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ । तेस्रो दिन पनि बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्दारकर्मीहरुले बस र यात्रुको खोजी सुरु गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.