भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज सदर चिडियाखानामा प्रवेश शुल्क मात्रै ७५ रुपैयाँ

आज सदर चिडियाखानामा प्रवेश शुल्क मात्रै ७५ रुपैयाँ

काठमाडौं । आज जावलाखेलमा रहेको सदर चिडियाखाना बिहान ५ बजेदेखि नै खुलेको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन भएकाले आजको लागि प्रवेश शुल्क ७५ रुपैयाँ मात्रै रहेको सदर चिडियाखानाले जनाएको छ ।

अरू बेला चिडियाखाना प्रवेशको लागि दुई सय रुपैयाँ टिकट लाग्छ । विद्यार्थीका लागि एक सय ३५, ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ, १२ वर्षसम्मका बालबालिकाका लागि ७५ रुपैयाँ तथा सार्क देशका विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ र सार्कबाहेकका देशका नागरिकका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

आज सबैका लागि ७५ रुपैयाँ मात्रै प्रवेश शुल्क तोकिएको चिडियाखानाका सूचना अधिकृत गणेश कोइरालाले जानकारी दिए। रातो मच्छिन्द्रनाथको दर्शन गर्न आउनेमध्ये धेरैजना चिडियाखाना प्रवेश गर्ने भएकाले टिकटमा छुट दिइएको उनको भनाइ छ। दर्शकको सुविधाका लागि आज बिहान ५ बजेदेखि नै चिडियाखाना खुला गरिएको हो । अरू दिन बिहान १० बजेपछि मात्रै चिडियाखाना खुल्ने गर्छ ।

 


Thali Mobile Pvt.Ltd.