भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मर्दी हिमाल बेसक्याम्पमा भेटियो मानव अवशेष, स्विडिस नागरिकको हुनसक्ने आशंका

मर्दी हिमाल बेसक्याम्पमा भेटियो मानव अवशेष, स्विडिस नागरिकको हुनसक्ने आशंका

काठमाडौं । माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल आधार शिविर (बेसक्याम्प)मा मानव अवशेष भेटिएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले मानव कङ्काल भेटिएको जानकारी दिएको बताए । उनका अनुसार मानिसको हाड, टाउजर र आइफोन मोबाइल पनि फेला परेको छ ।

भेंडा र चौंरी चराउँदै गएकाले शुक्रवार मानिसको दुई वटा हाड भेटिएका हुन् । बर्खा लागेपछि माछापुच्छ्रे गाउँपालिकाको हिमाली क्षेत्रका मानिस भेंडाबाख्रा र चौंरी चराउँदै लेकतिर जाने गर्छन् । भेटिएको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मर्दी हिमालको बेसक्याम्पसम्म एकल पदयात्रामा गएका स्विडिस नागरिक मिचल गत साल पुस १४ गते बेपात्ता भएका थिए । त्यो बेला प्रहरी, स्थानीय र स्विडिस् दूतावासकोसमेत सहयोगमा खोजी गर्दा पनि उनको पत्ता लागेको थिएन । पदमार्गको लो क्याम्प माछापुच्छ्रे गाउँपालिकाले राखेको सूचना केन्द्रमा नाम दर्ता गराएर शनिबार ४ हजार ५ सय उचाइको बेसक्याम्प गएका मिचल नफर्केपछि होटलले हराएको जानकारी गराएको थियो । मर्दीको हाइ बेसक्याम्पको होटल म्याजिक माउन्टेनमा उनी बसेका थिए । उनको पासपोर्ट होटलमै भेटिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.