अक्सिजन नपाएर सुत्केरी मृत्यु

अक्सिजन नपाएर सुत्केरी मृत्यु

पोखरा सम्वाददाता । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्नाकी सुत्केरीको अक्सिजन नपाएर मृत्यु भएको छ । बिहीबार साँझ अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताएका छन् ।

हाइफ्लोमा अक्सिजन रेगुलर नभएको भन्दै अस्पताल प्रशासनले जानकारी दिएको आफन्तले बताए । अक्सिजनको अभावले माइजूलाई गुमाएको कुरुवाले सुनाए । सुत्केरीका श्रीमानले भने, ‘आउँछ आउँछ भनेको अक्सिजन बिरामीको ज्यान गएको १ घन्टा भइसक्दा पनि आइपुगेको थिएन । बेलैमा अक्सिजन पाए उनी बाँच्थिन् होला ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो ।

 


Thali Mobile Pvt.Ltd.