काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस नेपाल आउन लागेको नेताहरूले बताएका छन् । गुटेरसको भ्रमणले नेपालसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्न सहयोग पुग्ने उनीहरूले बताएका छन् ।
सन् २००८ को अक्टोबरमा तात्कालिक महासचिव बान कि मुन काठमाण्डू आएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि भएको निर्वाचनबाट त्यतिबेला माओवादी सरकारमा पुगेको थियो । त्यतिबेला पनि पुष्पकमल दाहाल प्रचण्ड नै नेपालका प्रधानमन्त्री थिए।
कहिले आउँदै छन् ?
हालै अमेरिकाको न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे मङ्गलवार पार्टी पदाधिकारीहरूलाई जानकारी दिने क्रममा महासचिवको भ्रमणबारे बताएका हुन् ।
महासचिव एन्टोनियो गुटेरस यही अक्टोबर महिनाभित्रै नेपाल आउने चाँजोपाँजो मिलाइँदै गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बताए । उनको नेपाल भ्रमणका अजेन्डा तय हुँदै गरेको तर औपचारिक घोषणा नभइसकेको बताए ।
संयुक्त राष्ट्रसङ्घसँग नेपालको साइनो खास गरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्तिप्रक्रिया अनि अन्य आर्थिक(सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ ।
सन् १९९१ देखि १९९४ सम्म राष्ट्रसङ्घका निम्ति नेपालका स्थायी प्रतिनिधि रहेका जयराज आचार्यले भने । उनका अनुसार अहिलेको परिस्थितिमा राष्ट्रसङ्घ आफैँ पनि स्रोतको अभावले सङ्घर्षरत रहेकाले थप सहयोग माग्नुभन्दा पनि कुनै खास आयोजना वा सहयोगका आकाङ्क्षा छन् भने महासचिव आएको बेला ठोस प्रस्ताव दिन सक्नुपर्छ।
