भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अत्याधिक चिसोका कारण मुस्ताङको जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण मुस्ताङको जनजीवन प्रभावित

म्याग्दी । मुस्ताङमा भएको हिमपात र अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । म्याग्दीका उच्च भागमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन्।

लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयको भनाइ छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सुसमेत लागेको छ।

सदरमुकाम जोमसोम र म्याग्दी सदरमुकाम बेनी आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको स्थानीयले बताए। वर्षा र हिमपात र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडानसमेत प्रभावित भएको छ।

मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। जाडोले जनजीवन प्रभावित भएको बेनी नगरपालिका–२ का वेदप्रसाद उपाध्यायले बताए । बिहीबार रातिदेखि जिल्लामा लगातार पानी परिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.