भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अधिकाँश एमाले नेताहरुले केपी ओलीलाई दक्षिणपन्थी विसर्जनवादी भनेपछि…

अधिकाँश एमाले नेताहरुले केपी ओलीलाई दक्षिणपन्थी विसर्जनवादी भनेपछि…

काठमाडौं । माधव नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विसर्जनवादी भएको दावी गरेका छन् ।

एमालेलाई विभाजन गर्ने र कम्युनिस्ट आन्दोलनलाई विर्सजनतिर लैजान ओलीले खोजेको भन्दै त्यसविरुद्ध कडारुपमा लड्ने उनीहरुले बताएका छन् ।

नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्धय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै घटनाक्रम तथा व्यवहारले केपी शर्मा ओली कम्युनिस्ट पार्टीको सदस्यमा हुनुपर्ने राजनीतिक चरित्र, आचरण र नैतिकता बाँकी नरहेको बताएका छन् ।

व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्थमा रमाउने ओली र ओली प्रवृत्तिले पार्टी र आन्दोलनलाई समाप्त पार्न खोजेको उनीहरुको आरोप छ ।

हेर्नुहोस् संयुक्त बक्तव्य…

 

 


Thali Mobile Pvt.Ltd.