भर्खरै : Sorry, your browser does not support inline SVG.

अध्यक्ष माधव नेपालकाे प्रधानमन्त्री प्रचण्डलाई चेतावनी, समान व्यवहार नभए गठबन्धन टुट्न सक्छ

अध्यक्ष माधव नेपालकाे प्रधानमन्त्री प्रचण्डलाई चेतावनी, समान व्यवहार नभए गठबन्धन टुट्न सक्छ

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चेतावनी दिएका छन् । अध्यक्ष नेपालले बुधबार वीरेन्द्रनगर सुर्खेतमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले दम्भ कुनै पनि वेला गठबन्धन तोडिन सक्ने चेतावनी दिएका हुन ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताउँदै ‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरा चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्,’ भन्ने आफ्नो धारण रहेको बताए । ‘हाम्रो पार्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने हाम्रो प्रयास हो ।’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरी देश विकासका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै अध्यक्ष नेपालले जनताको पक्षमा कार्यसम्पादन गर्न आग्रह गरे । गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै उनले कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए ।

अध्यक्ष नेपालले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

 


Thali Mobile Pvt.Ltd.