भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अनाधिकृत व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न चेतावनी

अनाधिकृत व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न चेतावनी

काठमाडौं । कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न नेपाल मेडिकल काउन्सिलले चेतावनी दिएको छ ।

विभिन्न स्वास्थ्य संस्थामा अनाधिकृत व्यक्तिहरूले अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको व्यापक गुनासो आइरहेको भन्दै काउन्सिलले त्यस्तो नगर्न भनेको हो ।

कानूनले तोकेको बाहेकका व्यक्तिले अल्ट्रासाउण्ड प्रवाह गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने प्रष्ट पारेको छ ।

व्यापक रूपमा जनगुनासो आएपछि काउन्सिलले सरोकारवाला निकायहरूलाई बोलाएर छलफल गरेको थियो ।

उक्त छलफलपछि कानूनले तोकेको मापदण्ड भन्दा बाहिरको व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह गर्न नदिनेमा सरोकारवाला सहमत भएका थिए ।
कानुन अनुसार चिकित्साशास्त्रको कुनैपनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलबाट प्रमाणपत्र लिएको चिकित्सकले मात्र अल्ट्रासाउण्ड सेवा दिन पाउने व्यवस्था छ ।

यसका साथै जीवन बचाउने, हात गोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफै वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने छ ।

 

 


Thali Mobile Pvt.Ltd.