भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अन्तरिक्ष बाहिर घुम्न रोक

अन्तरिक्ष बाहिर घुम्न रोक

काठमाडौं । स्पेससुटमा खराबी आएपछि नासाले केही समयका लागि स्पेसवाकमा रोक लगाएको छ । अन्तरिक्षयात्रीहरूले प्रयोग गर्ने पोसाक अर्थात स्पेससुटमा केही समस्या आएपछि यस्तो रोक लगाइएको हो ।

अन्तरिक्षमा रहँदा अन्तरिक्षयात्रीहरू हेलमेट प्रयोग गरेर अन्तरिक्षयानबाट बाहिर गएर डुल्ने गर्छन् । यही गतिविधिलाई स्पेसवाक भनिन्छ । अन्तरिक्षयात्रीहरूको हेलमेटभित्र पानी चुहावट हुने समस्या आएपछि नासाले यो समस्या समाधान नहुँदासम्म अन्तरिक्ष यात्रामा रोक लगाउने घोषणा गरेको हो ।

मार्चमा एक्स्ट्रा भेकुलर एक्टिभिटिजको समयमा यो समस्या आएको थियो । स्पेसवाकको क्रममा हेलमेट पानीले भरिएको यो पहिलो घटना भने होइन । तर अन्तरिक्षयात्रीको लागि भने यो जीवन र मरणबीचको कुरा भएको वैज्ञानिकहरुले बताएका छन् ।

इन्टरनेसनल स्पेस स्टेसन (आईएसएसमा) को यात्रामा प्रयोग हुने स्पेससुटहरू पुरानो भएकाले अब प्रयोग गर्न लायक नभएको नासाले जिकिर गरेको छ । नासाले अहिले प्रयोग गर्ने स्पेससुटहरू ४० वर्षभन्दा पुरानो भइसकेका छन् भने पूर्ण रूपमा कार्यात्मक स्पेस सुटहरू सकिँदै गएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.