काठमाडौं । असार ७ गते अर्थात् आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेपछि जुन महिनाको २१औँ तारिखलाई योग दिवस भनेर मनाइन्छ ।
यो दिवशका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। मोदीको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले समर्थन गरेका थिए। योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिदै छ। यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ।
यसैबीच काठमाडौंस्थित माछापोखरी, मनमैजु, लोकतान्त्रिक चोकका स्थानीयले दिवसका अवसरमा नियमित योगाभ्यास गरौं, स्वस्थ र खुशी रहौं भन्दै यसरी मनाए योग दिवस ।
तस्विरमा…

