भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अपरिचितसँग फोनमा कुराकानी नगर्न दूतावासको आग्रह

अपरिचितसँग फोनमा कुराकानी नगर्न दूतावासको आग्रह

दोहा । साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ ।अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा गर्ने र नेपाली श्रमिकहरू विभिन्न बहानामा फस्ने गरेकाले यस्तो कार्य नगर्न दूतावासले अनुरोध गरेको हो ।

आफ्नो फोन अरूलाई प्रयोग गर्न नदिन भन्दैदूतावासले साउदी अरबमा गर्न हुने र गर्न नहुने कार्यहरू १५ बुँदामा र विशेष ध्यान दिनुपर्ने भन्दै थप ५ बुँदामा महत्त्वपूर्ण जानकारीसहित नेपालीको ध्यानाकर्षण गरेको हो ।

रोजगारीको सिलसिलामा साउदी अरबमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली नागरिकहरूलाई वेबसाइट मार्फत जानकारी गराउँदै आएको जनाएको छ ।

साउदी अरबको साइबर अपराध विरुद्धको कानुन, २००७ को कोही कसैले उल्लङ्घन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिवाना हुने भएकोले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्न अनुरोध गरेको छ ।

गर्न हुने र गर्न नहुने कार्य
१. आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नू होस् । फेसबुक, इमो, व्हाटसप्प्, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानूनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेन्ट आदि नगर्नू ।

२. आफ्नो फोन अरूलाई प्रयोग गर्न नदिनू होस् । आफैँले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नू होस् ।

३. हुन्डी, हवाला वा अन्य कुनै पनि गैर(कानुनी माध्यमबाट रकमको कारोबार नगर्नू होस् । स्वदेशमा रकम पठाउँदा बैङ्किङ माध्यमबाट मात्र पठाउनुहोस् ।

४. आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाई हाम्रो दायित्व हो । साउदी अरबमा रहँदा आफ्नो यो दायित्व पूरा गर्नुहोस्‌ । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस्‌ ।

५. मदिराजन्य पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैर कानुनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोस् ।

६. अरूको उक्साहटमा लागेर वा स्वयं कम्पनीको काममा वाधा पुर्‍याउने, उत्तेजना फैलाउने वा द्वेष बढाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनैतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैर कानुनी हुनुका साथै ठुलो सजाय समेत हुने भएकाले यी कुनै पनि कार्यहरू नगर्नू होस् ।

७. छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानुनले निषेध गरेका कुनै पनि ९आफ्नो वा अन्य कुनै व्यक्तिको० मालसामान वा सुन लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोस् ।

८. कुनै अन्य व्यक्तिका कानुनतः वर्जित मालसामान तपाईँले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाई आफैँ हुनुहुनेछ । कानुनले प्रतिबन्ध लगाएका सामान ल्याउने लैजाने गरेका कारण धेरै नेपालीहरू सम्बन्धित निकायको कारबाहीमा परेका छन्‌ । तसर्थ, त्यस्ता कार्यमा संलग्न नहुनू होस् ।

९. स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस्‌ र कानुनी कारबाही हुनबाट बच्नुहोस्‌ । ट्राफिक नियमको उल्लङ्घन गरी बाटो काट्दा धेरै नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका घटना छन्‌ । तसर्थ, बाटो काट्दा तोकिएको स्थान वा संकेत भएको ठाउँबाट मात्र काट्ने गर्नुहोस्‌ । ट्राफिक नियमको उल्लङ्घन गरी बाटो काट्दा दुर्घटनामा परी निधन भएकाहरूको परिवारले क्षतिपूर्ति समेत पाउँदैनन्‌ ।

१०. गर्मी तथा सुख्खा हावापानी भएकोले प्रशस्त पानी पिउनुहोस् । कोठा बाहिर र कोठाभित्रको तापक्रम सन्तुलन हुने गरी एसी चलाउनुहोस्। दिनभरि घाममा काम गरेर कोठामा छिर्ने बित्तिकै एकै चोटि धेरै चिसो हुने गरी अक चलाउने तथा धेरै चिसो पानी वा चिसो पेय पदार्थ उपयोग गर्ने नगर्नुहोस् ।

११. पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस् । विधिवत् कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस् । कम्पनी छोडेर भागेको अवस्थामा अवैध हुन गई स्वदेश फर्कन तथा बिरामी भए उपचार गर्न समस्या पर्छ । साथै, अवैधरुपमा काम गरिरहेको अवस्थामै कार्य दुर्घटनामा परी मृत्यु भएमा परिवारले सामाजिक सुरक्षा बिमा बापत कुनै रकम पाउँदैन।

१२. रोजगार करार अवधि सकिने मिति यकिन गर्नुहोस् । करार अवधिभन्दा बढी बस्न कानुनतः मिल्दैन । करार अवधि सकिनु अघि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस्‌ । सो अनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस् । करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्नुहोस् । एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसँग करार गर्ने भएमा साउदी सरकारले उपलब्ध गराएका ब्दकजभच ब्उउ तथा त्तक्ष्ध्ब् पोर्टल प्रयोग गर्नुहोस्‌ ।

१३. आफ्नो इकामा ९फोटोकपि समेत० अरूलाई नदिनुहोस् । तपाईँको अकमाको पूर्ण जिम्मेवारी तपाईँमा हुन्छ । तपाईँको अकमा प्रयोग गरी कसैले बदमासी गर्यो भने त्यसको दोष तपाईँमा आउँछ र तपाइ सजायको भागी हुनुहुनेछ । माथि भने झैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस् । त्यसरी दिएर गलत कल गरेमा कानुन अनुसार तपाईँ पनि कारबाहीमा पर्नुहुनेछ ।

१४. कम्पनीमा आफूले गर्नुपर्ने दैनिक कामको तालिका वोर्क्षीत प्राप्त गर्नुहोस् । यसबाट तपाईँको अधिकार स्थापित गर्न सहज हुनेछ । आफूसँगै काम गर्ने अरू देशका कामदारसँग सभ्य व्यवहार गर्नुहोस्, झगडा नगर्नुहोस् । आफ्नो म्यानेजर वा सुपरभाइजरसँग सम्मानजनक व्यवहार गर्नुहोस् । स्वयं एवं विदेशी कामदारको लहैलहैमा लागेर धेरै नेपालीहरूले समान चोरी गरेका आरोपका मुद्दाहरू वर्षौँदेखि विभिन्न अदालतमा रहेका छन्‌ । तसर्थ, चोरी जस्तो जघन्य अपराध नगर्नुहोस्‌ ।

१५. बिरामी भएमा समयमा नै अस्पताल जानुहोस्‌ र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस् । काम गर्दा कामको प्रकृति अनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस् र सुरक्षाका सामाग्री प्रयोग गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुरा

१. विभिन्न कानुनी झन्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदूतावास वा सम्बन्धित कम्पनी वा निकायमा समयमै जानकारी गराउनुहोस् । सम्बन्धित प्रहरी वा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझ्नुहोस् । अदालतमा भाषा अनुवादक हुन्छन्‌ ।

उनीहरूको सेवा लिई आफ्नो पक्षका सवाललाई प्रभावकारी रूपमा अदालतसमक्ष राख्नुहोस् । मुद्दाको प्रतिरक्षा र सुरक्षामा आफू सदैव सचेत रहनुहोस् । गम्भीर प्रकृतिको मुद्दामा अदालतमा हुने सुनवाइमा नेपाली राजदूतावासको आवश्यकता परेमा समयमै आफ्नो सुनवाइको मिति राजदूतावासलाई जानकारी गराउनुहोस्‌।

२. सवारी चालकको रूपमा साउदी अरब आएका कामदारहरूले सवारी चालक अनुमति पत्र विना सवारी चलाएर दुर्घटना भई धेरै नेपालीहरूको निधन भएको छ । सवारी चालक कामदारले कम्तीमा सवारी साधनको तेस्रो पक्ष बिमाको कागजात, सवारी चालक अनुमति पत्र तथा नभई नहुने अन्य कागजात छैनन्‌ भने सवारी साधन नचलाउनुहोस् ।

३. सवारी साधन चलाउन बाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरणसहित राजदूतावासमा सूचना दिनुहोस्‌ र दूतावासको सुझाव अनुसार गर्नुहोस्‌ । आफूले नचिनेको व्यक्तिलाई आफ्नो सवारी साधनमा नचढाउनुहोस् । कुनै गैर कानुनी काम गरी भागेको मानिसले समेत तपाइको सवारीमा लिफ्ट मागेको हुन सक्दछ, चनाखो हुनुहोस्‌ ।

४. मुद्दा मामिला भई नेपाल फर्केका कामदारले पुनः साउदी अरब आउनु परेमा पुरानो ईकामामा कुनै मुद्दा बाँकी भएरनभएको यकिन गरेर मात्र आउनुहोस्‌ । अन्यथा तपाइ विमानस्थलमै पक्राउ पर्न सक्नुहुनेछ ।

५. कुनै पनि कागजातहरूमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने प्रस्ट हुनुहोला । कतिपय कम्पनीहरूले कामदारहरूले पैसा सापट लिएको, रोजगारी नवीकरण गर्न मन्जुर गरेको वा कम्पनीबाट पाउने फाइदाहरू लिइसकेको लगायतका कागजातमा सही गराउने गरेको पाइएको छ ।

कम्पनीको प्रतिनिधि वा साथी कसैले कुनै कागजातमा सहिछाप लिन प्रलोभन देखाएको भरमा वा केही फरक पर्दैन भनेको आधारमा कागजातहरूमा सही नगर्नुहोस् । कुनै पनि कागजातमा भएको सहीलाई अदालतले बलियो प्रमाणका रूपमा लिने गरेका छन्‌ । पछि, मलाई थाहा थिएन आदि भनेर कुनै अर्थ नरहने तर्फ सचेत हुनुहोस्‌ । साउदीमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.