काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
प्रधानमन्त्री ओलीका कारण लोकतन्त्र खतरामा पर्दैगएको उनको दाबी छ । अब ढिला भइसकेको भन्दै कांग्रेसले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको उनको भनाईछ ।
नुवाकोट कांग्रेसले शनिबार उपत्यकामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका हुन् ।
सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफूहरु प्रयासरत रहेको बताए ।

