भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अमेरिकी सांसदलाई रुसले लगायो प्रतिबन्ध

अमेरिकी सांसदलाई रुसले लगायो प्रतिबन्ध

रुस । अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका ३२८ सांसदहरू विरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्कोलहको प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ।

रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टर सहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यस्तो प्रतिबन्ध लगाएको हो ।

यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी सेनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो । रुसको यस्तो निर्णयले अमेरिका थप संकट झेल्न पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.