भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

अर्थमन्त्रीको पहिलो निर्णय

अर्थमन्त्रीको पहिलो निर्णय

काठमाडौं । अर्थ मन्त्रालयले नगद प्रवाह योजना तर्जुमा समिति बनाउने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिलो निर्णयमार्फत यस्तो कदम चालेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को व्यवस्थाअनुसार सरकारको आवधिक नगद योजना तर्जुमा गर्नुपर्ने भएकाले सरकारको हरेक महिना कति आम्दानी र खर्च हुने भन्ने विवरण तयार गर्नुपर्ने हुन्छ ।

अर्थ मन्त्रालयले सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनको लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको समन्वयमा समिति बनाउने गर्छ । मन्त्री महतले यही समिति बनाउने निर्णय गरेका हुन् ।

समितिको बैठक हरेक महिनाको अन्त्यमा बस्ने अर्थसचिव तोयम रायले जानकारी दिए । मन्त्री महतले सचिवले दिएको फाइल विस्तृतमा अध्ययन गरी पहिलो निर्णय गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त भएलगतै शुक्रबार पद तथा गोपनीयताको शपथ लिए ।

पदभार ग्रहणसंगै यस्तो निर्णय गरेका हुन् । देशले २०७७ भदौपछि अर्थतन्त्रबारे जानकार पहिलो अर्थमन्त्री पाएको भनेर लक काट्न थालिएको छ । महत यसअघि परराष्ट्र र ऊर्जामन्त्री सम्हालिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.