भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

मध्यविन्दु । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो ।

भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।

देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताउनुभयो । “५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आसमात्र दिएका छन्”, उहाँले भन्नुभयो, “यसपालि जग्गा नापजाँच सुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।”

जग्गाको पुर्जा नहँुदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय र देवचुली नगरपालिकामा चार हजार चार सय ६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ ।

 


Thali Mobile Pvt.Ltd.