भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी

आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी

काठमाडौं । तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेको हो । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकखण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ ।

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको र निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो।

२०२६ सालम मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वीखण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँ रहेको योजनाले जनाएको छ ।

चालू आर्थिक वर्षभित्रै ७ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने योजनाले जनाएको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काममा समस्या आए पनि विद्युत् पोल हटाउँदै कामलाई अगाडि बढाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.