भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

आज सभामुखको चुनाव हुँदै

आज सभामुखको चुनाव हुँदै

सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ११ बजेपछि सुरु गर्ने तयारी गरिएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी नन्दा गुरुङले मनोनयन दर्ता गराएकी छन् भने कांग्रेसबाट खड्क पोख्रेल उम्मेदवार छन् । दुवै जना उम्मेदवार सुर्खेतकै हुन् ।

गुरुङ एमालेकी समानुपातिक सांसद हुन् भने कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका पोख्रेल प्रत्यक्ष निर्वाचित भएका हुन् ।

४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सदस्य आवश्यक हुन्छ । यहाँ माओवादी र एमालेको मात्रै २३ सिट छ ।

कर्णालीमा पहिलो दल नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.