भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आज सरकारविरुद्ध प्रदर्शन

आज सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो ।

सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको जनाएको छ ।

सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सो काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.