भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

आज हरितालिका तीज, कोरोनाका कारण खुलेन पशुपतिनाथ

आज हरितालिका तीज, कोरोनाका कारण खुलेन पशुपतिनाथ

काठमाडौं । आज नारीहरुको वर्ष हरितालिका तीज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व कोरोनाका कारण मन्दिर बन्द रहेपनि पूजा आराधना गर्नेहरुको भीड कायमै छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास अनुसार दिदीबहिनीहरु व्रत बसेका छन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वास अनुसार यो व्रत सुरु भएको मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् भन्ने किम्बदन्ति छ । पार्वती साथीहरुद्वारा हरण भएको दिन नै भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका अर्थात तीजको व्रत लिने प्रचलन सुरु भएको शास्त्रमा उल्यख छ ।

संस्कृत भाषाको ‘हरित’ र ‘आलिका’ शब्द मिलेर हरितालिका भनिएको अर्थात हरितको अर्थ हरण र ‘आलिकाको अर्थ साथी भन्ने हुन्छ । आजैकै दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने बाध्यता नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा. रामचन्द्र गौतमको भनाइ छ ।

गौतमले भने, ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ ।’ सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय भनाइलाई विचार गरेर व्रत गर्नु उत्तम हुने गौतमको भनाइ छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि प्राडा गौतमले बताए ।श्रीमानकाे  दीर्घायुका लागि मात्र तीजको व्रत बसिने भनेर समाजमा गलत प्रचार गरिनु दुखद भएको डा.देवमणि भट्टराईले बताए । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान त्रुटि रहेको उनको भनाइ छ ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेको अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेको पाइएको छ । तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर खोल्नु पर्ने दबाद दिएपनि यो वर्ष मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषले बताएको छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रत प्रयोजन रहेको धर्मशास्त्रीको जोड छ । परिवारको सुख, शान्तिका लागि तीजको व्रतको महत्व रहेपनि स्वास्थ्यका लागि फाइदाजनक रहेको चिकित्सक बताउँ छन् ।

 


Thali Mobile Pvt.Ltd.