भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आजकाे लागि होइन भोलिकाे लागि बचत गरौ : अध्यक्ष तिरुवा

आजकाे लागि होइन भोलिकाे लागि बचत गरौ : अध्यक्ष तिरुवा

काठमाडौं । कमल नयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । गोकणेश्वर नगरपालिका वडा नं ६ मा अवस्थित कमल नयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा हालै सम्पन्न भएको हो । बहुउद्देश्यीय सहकारीको आर्थिक कारोबार गर्ने उद्देश्य भएपनि सहकारीले उत्पादनमा जोड दिनुपर्ने गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताउनुभयो ।

उहाँले नेपालमा एक महिनामा ६ अर्वको चामल मात्रै आयात हुने भएकाले सहकारी संस्थाहरुले उत्पादनमा बढि जोड दिनु जरुरी रहेको आवश्यकता औल्याउनुभयो । मेयर चालिसेले आफ्नो नगरपालिकामा ३ सय भन्दा बढि सहकारी संस्थाहरु भएकाले ती सहकारीहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्दा नरपालिकाको साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उत्पादन क्षेत्रलाई सहयोग पुग्ने तालिमहरु पनि नगरपालिकाले निःशुल्क दिइरहेको जानकारी दिदै १० जनाको समूहलाई सहकारीले १० लाख लगानी गर्ने मात्रै नभइ त्यसको ब्याज समेत नगरपालिकाले तिरिदिने कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कमल नयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अन्जु तिरुवाले छोटो समयमा कमल नयनलाई १५ सय भन्दा बढि सदस्यहरुको माझमा पुर्‍याउन सकेको बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबार मात्रै नगरि मानव जीवनका अप्ठेराहरुलाई सहज बनाउने र आज कोलागि मात्रै नभई भोलिका लागि पनि बचत गर्ने बानीको विकास सहकारीले गर्ने तर्क गर्नुभयो ।

अध्यक्ष तिरुवाले सहकारी मार्फत सहकारीका सदस्यहरुको सेवा गर्न पाएकाेमा खुःशी व्यक्त गर्नुभयो । उहाँले प्रथम साधरण सभामा आएका पाहुँनाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा गोकर्णेश्वर नगरपालिकाले यस्तै सहयोग प्रदान गर्ने बताउनुभयो । उहाँले आजका लागि मात्रै नभएर भोलिका लागि बचत गर्न सबैलाई आह्वान गनुभयो ।

‘आर्थिक समृद्धिमा हात, कमलनयनको साथ’ भन्ने कमल नयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मूल नारा रहेकाले यस सहकारीले सामूहिक लगानी कर्जा, सौलियत कर्जा, महलिा उद्ययमी कर्जा, उद्यमशील लघु कर्जा आवधिक धितो कर्जा, घर तथा धितो लगायतका कर्जा सुविधा दिइरहेको जनकारी दिनुभयो । अध्यक्ष तिरुवाले सहकारीको माध्यमबाट सामाजिक, आर्थिक र रोजगारीलाई प्राथमिकतामा राख्दै सदस्यहरुको आय वृद्धिका लागि कार्य सम्पादन गर्ने कमलनयनको उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा कमल नयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी, उत्कृष्ट बचत कर्ता, अनुशासित कर्मचारी लगायतलाई सम्मान गरिएको थियो भने  गोकर्णेश्व नगरपालिका वडा नं  ६ का वडा अध्यक्ष रमेश अर्याल, नेपाल सहकारी पत्रकार समाजका सचिव अर्जुन खतिवडा र सगरमाथा ट्याक्सी संघका सचिव पुरुर्षोतम पाण्डे लगायतको सहभागिता रहेको थियो । ।               (फोटोमा कमलनयन )……….  

 


Thali Mobile Pvt.Ltd.