भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

आजदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाइदै

आजदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं । सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाईनेछ ।

यसैगरि करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.