भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इपिएल उपाधि जित्नलाई पोखराले चितवनलाई ११२ रनको लक्ष्य दियो

इपिएल उपाधि जित्नलाई पोखराले चितवनलाई ११२ रनको लक्ष्य दियो

काठमाडाैं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि ११२ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउदा रिचार्ड लेभीले २६ रन जोडे ।

त्यसैगरी विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२, किशोर महतोले १, विवेक यादवले ४, रित गौतमले २, सहन अर्चाचिगेले २ तथा बिक्रम सोबले १ रन जोडे भने लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका कमल सिंह ऐरी एकक्लैले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २÷२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको नाममा १÷१ विकेट रह्यो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । चितवन अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

 


Thali Mobile Pvt.Ltd.