भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

ईयूले भिसामा कडाइ गर्ने चेतावनी दिएपनि रुसलाई कुनै असर नपर्ने अधिकारीको भनाइ

ईयूले भिसामा कडाइ  गर्ने चेतावनी दिएपनि रुसलाई कुनै असर नपर्ने अधिकारीको भनाइ

एजेन्सी । रुससँगको भिसा सम्झौता निलम्बन गर्न युरोपियन युनियन (ईयू) का विदेश मन्त्रीहरू सहमत भएका छन् । योसँगै रुसी नागरिकलाई युरोपेली मुलुकमा प्रवेश पाउन असहज भएको छ ।

युक्रेनलगायत केही राष्ट्रहरूले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरे पनि फ्रान्स र जर्मनी त्यसको विपक्षमा उभिएका छन् । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता लाखौँ रुसी नागरिक युरोपको यात्रामा निस्किएका छन् ।

रुससँग सीमा जोडिएका अन्य युरोपेली मुलुकहरूले थप प्रतिबन्ध लगाउन सक्ने बताइएको छ । युरोपेली युनियनले आफ्नो खुट्टामा आफै गोली प्रहार गरिरहेको रुसका उप विदेशमन्त्री अलेक्सान्डर ग्लुस्कोले प्रतिक्रिया दिएका छन् ।

ईयूको पछिल्लो कदमको रुसले जवाफ दिने चेतावनी दिएको छ । उता ईयूको कदमलाई अधुरो उपाय बताउँदै युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आलोचना गरेका छन् । युरोपियन युनियनले जे गरेपनि रुसलाई कुनै असर नपर्ने अधिकारीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.