भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनका लागि चुनाव हाेमिदै

उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनका लागि चुनाव हाेमिदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने बताइउको छ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने भएपछि नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुदैछ ।

उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको छ ।नयाँ वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई र उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उनीहरुले उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने एजेण्डा अघि सारेका छन् । साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध भएका छन् । जिल्ला नगरतर्फबाट चुनिने एक उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् ।

त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान र शकुन्तलाल हिराचन तथा एसोसिएटतर्फको उपाध्यक्ष पदमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

 


Thali Mobile Pvt.Ltd.