भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

उपकुलपतिको आवासमा तोडफोड

उपकुलपतिको आवासमा तोडफोड

दाङ । बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको आवासगृहमा तोडफोड भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययनरत विद्यार्थीले आइतबार उपकुलपति यादवप्रसाद लामिछानेको आवासमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट आवासगृहको सिसाको झ्याल–ढोका फुटेको र गाडीमा क्षति भएको प्रहरीले जनाएको छ । बिएएमएसका लागि ५१ जना प्राध्यापक आवश्यक पर्ने भए पनि अहिले सातजना मात्रै रहेकाले आफ्नो पढाइ प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।

सीमित प्राध्यापकका कारण नियमित पढाइ नभएको र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर खस्केको भन्दै सुधार गर्न माग गरेको विद्यार्थीको भनाइ छ । यहाँ अहिले ११ ब्याजसम्मको पढाइ भइरहेको छ ।

लगानी धेरै तर, पढाइ एकदम कमजोर भएको विद्यार्थी अभयप्रताप चौहानले बताए । जसका कारण आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । विद्यार्थीहरूले केन्द्रीय आयुर्वेद विद्यापीठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।

यहाँ एउटा प्राध्यापकले २५–३० वटा पिरियड पढाउनुपर्ने अवस्था देखिएको छ ।विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । हाल ओपिडीका लागि कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने अवस्था छ

त कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने बाध्यता छ । तत्काल यस्तो समस्या समाधान नगरे आन्दोलनलाई जारी राख्ने विद्यार्थीले बताएका छन् । उपकुलपति लामिछानेले यो समस्या समाधान गर्न प्रयास गरिरहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.