भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

उपरथी शाहीको घरमा छापा

उपरथी शाहीको घरमा छापा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित शाहीको घरमा बिहीबार दिउँसो छापा मारेको हो ।

अहिले पनि शाहीको घरमा टोली रहेको सैनिक उच्च स्रोतले बताएको छ । आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा शाहीले रिट दायर गरेका थिए ।

अदालतले आदेश दिएसँगै हाजिर हुन उनी जंगीअड्डा जाने तयारीमा थिए । तर, सैनिक प्रहरी गणले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

शाहीको घरमा छापा मारेकोबारे आफूलाई थाहा नभएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.