भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडाैं । प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो ।

उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको थियो । उक्त प्रस्ताव पेस गर्दै सांसद गौतमले उम्मेदवार रानामगर राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा आम नेपालीबीच परिचित अनुहार भएको बताउनुभयो । कारागारमा रहेका अभिभावकका बालबालिकाको अभिभावकत्व लिएर समाजमा उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उहाँले रानामगरलाई उपसभामुखमा निर्वाचित गराएर गौरव गर्नुपर्ने धारणा राख्नुभयो ।

“अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबालिकालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मानित हुनु हो”, उहाँले भन्नुभयो ।

उक्त प्रस्तावका समर्थक श्रेष्ठले समाजमा दिएको योगदानको प्रतिफलका आधारमा नै रानामगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएको बताउनुभयो । उहाँको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यमा खेल्नसक्ने भूमिकालाई मध्यजनर गर्दै उपसभामुखमा सान्दार मतबाट निर्वाचित गराउन श्रेष्ठले आग्रह गर्नुभयो ।

अर्का समर्थक शर्माले सामाजिक क्षेत्रमा अब्बल व्यक्तिका रुपमा सांसद रानामगर रहेको उल्लेख गर्दै सिङ्गो संसद्लाई उहाँले नेतृत्व गर्न सक्ने बताउनुभयो । उहाँले महिला, जनजाति, पछाडि परिएका व्यक्तिलाई अगाडि ल्याउन पनि रानामगरलाई उपभामुखमा विजयी गराउनुपर्ने बताउनुभयो ।

अर्का समर्थक लिङ्देनले रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलेसमेत नजिकबाट चिनेको उल्लेख गर्दै उहाँले भूइँ मान्छोका रुपमा आफ्नो देशको नाम राख्ने काम गरेको स्मरण गर्नुभयो । “आफूलाई सम्पूर्णरुपमा समाजसेवामा समर्पित गर्नुभएको छ, त्यस्तो व्यक्तिलाई समर्थन गर्न पाउनु अत्यन्त खुसीको विषय हो”, उहाँले भन्नुभयो, “रानामगरलाई राप्रपाको पूर्ण समर्थन छ । सबै पार्टी र सांसदलाई उहाँको पक्षमा मतदान गर्न अपिल गर्न चाहन्छु ।”

उपसभामुख पदका अर्का उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सभामा प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावलाई नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्नुभएको छ ।

प्रस्ताव पेस गर्नुहुँदै सांसद पाण्डेले संसदीय अभ्यासमा यादव अनुभवी रहेकाले उपसभामुखमा विजयी गराउनुपर्ने बताउनुभयो । “उहाँले समावेशी संविधान निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । यस्तै राष्ट्रियसभा सदस्यका रुपमा पनि जनताको प्रतिनिधिका रुपमा काम गर्नुभयो”, सांसद पाण्डेले भन्नुभयो । उक्त प्रस्तावका समर्थक मेटमणि चौधरी र अर्का समर्थक शुक्लाले यादवको योग्यता र क्षमतामाथि विश्वास गरेर मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.