भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एकतर्फी युद्धविराम घोषणा, युक्रेनद्वारा अस्वीकार

एकतर्फी युद्धविराम घोषणा, युक्रेनद्वारा अस्वीकार

काठमाडौं । युक्रेनसँग ३६ घण्टा एकपक्षीय युद्धविरामको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् ।

पुटिनले शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि युद्धविराम घोषणा गरेका हुन् । युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

रुसका इसाइ धर्मगुरु किरिलको अपिलपछि राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ ।

युक्रेनले भने रुसी युद्धविरामलाई खारेज गरिदिएको छ । उसले ‘फसाउनका लागि जाल रचिएको’ प्रतिक्रिया दिएको छ।

 


Thali Mobile Pvt.Ltd.