भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः अध्यक्ष नेपाल

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः अध्यक्ष नेपाल

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का. अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताए ।उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा एमाले परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले भन्नुभयो, “हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन् ।” पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए ।पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नसका साथै सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गर्नुभयो । एमाले निकट मजदुर सङ्गठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.