भर्खरै : Sorry, your browser does not support inline SVG.

एकै परिवारका तीन जना मृत भेटिए

एकै परिवारका तीन जना मृत भेटिए

बारा । एकै परिवारका तीन जना मृत भेटिएका छन् । सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको हो ।

ढोरा खोला किनारमा तीन जनाको शव फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.