काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेका छन् ।
उपाध्यक्ष कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै चन्द्रकलामाथिको आक्रमण मानवता विरोधी कार्य भएको बताए । पीडित खेलाडीलाई राखेपले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । चन्द्रकलामाथि कुटपिटको एथलेक्सि सङ्घ र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले समेत विरोध गरेका छन् ।
सोमबार राति झापाको मेचिनगर नगरपालिकाको चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकलालाई उनका छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले कुटपिट गरेका थिए । कुटाइबाट सख्त घाइते उनी गर्भवतीसमेत रहेको र चन्द्रकलाको झापाको बिर्तामोडस्थित बि एन्डबी अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्नेलाइ हदै सम्मकाे कारबाहीकाे माग विभिन्न संघ सस्थाले पनि माग गरेका छन् ।
नेपाल पुलिस क्लमा आवद्ध चन्द्रकला लकडाउन शुरु हुनुअघि झापा गएकी थिइन । एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी थिइन । उनको नाममा आठौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिन थ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ ।
