भक्तपुर । एभरेष्ट स्कुलको आयोजनामा एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव प्रथम भएको छ । स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएको छ ।
त्रिभुवन आर्मी क्लवका रामबहादुर तामाङले मस्ट भ्यालुएवल प्लेयरको पुरस्कार पाए । कार्यक्रममा विजयी टिम तथा खेलाडहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।
भक्तपुर नगरपालिकाले अपांगता क्षेत्रमा उचित हेरचाहका कार्य गरेको जानकारी दिइन् । नगरपालिका क्षेत्रमा कुल ६ सय २५ जना अपांगता भएका व्यक्तिहरु रहेको भन्दै आवश्यक ह्विलचियर प्रदान गरी सहयोग गर्दै आएको बताइन् ।
अपांगता भएका व्यक्तिहरुलाई सक्रिय बनाउन प्रत्येक वर्ष विश्व अपांग दिवसको अवसरमा कार्यक्रम गर्दै आएको र यो वर्ष पनि गर्ने योजना भएको सुनाइन् । कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले राष्टका लागि खेल, स्वास्थ्यका लागि खेल भएको बताए ।
