भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमसीसी छिटो अनुमोदन गर्नुपर्ने अमेरिकी दवाव

एमसीसी छिटो अनुमोदन गर्नुपर्ने अमेरिकी दवाव

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाली सम्पदा अवलोकनको निम्ति पाटन दरबार क्षेत्र पुगेका छन् ।

मन्त्री लुले केही बेरअघि मंगलबजारस्थित पाटन संग्रहालय अवलोकन गरेका छन् । उनीसँगै अमेरिकी राजदूत रेण्डी बेरी पनि सहभागि छन् ।

राजनीतिक भेटघाटलाई तीब्रता दिएका लुले आज दिउँसो विभिन्न मन्त्रालयका मन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वसँग सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका लुले छिटो भन्दा छिटो एमसीसी अनुमोदन गर्नुपर्ने दवाव दिएको स्रोतको दावी छ ।

औपचारिक रुपमा दुई देशबीचको सम्बन्ध र आपसी सहायता अभिवृद्धिबारे नेपालले एमसीसी सम्झौता कार्यान्वयनमा ल्याउनु पर्ने दवाव दिएको एक मन्त्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.