भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

एमसीसी संसदबाट पास र निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री खाँण

एमसीसी संसदबाट पास र निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री खाँण

पोखरा । सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने दावी गृहमन्त्री बालकृष्ण खाँणले गरेका । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताए ।

खाँणले भने, ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ, स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’

यता निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा सम्पन्न भएको थियो । खाँणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने जनाएका हुन् ।

फरक प्रसंगमा मन्त्री खाँणले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरे । सरकारले नै प्रस्ताव परेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको जिकिर गरे ।

एमसीसी कुनै सैन्य परियोजना नभएको भन्दै उनले नेपालको भौतिक विकासका लागि उपयुक्त परियोजना आएको दावी गरे । खाँण भने, ‘एमसीसी सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ ।’

 


Thali Mobile Pvt.Ltd.