काठमाडौँ । एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपाल पुगेका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका हुन ।
करीब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रममा सहभागि हुन उनी नेपाल आएका हुन । नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्रीसहित दलका नेताहरुलाई भेट्न कार्यक्रम रहेको छ ।
नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी यहाँ आएको बताइएको छ ।
