एमाले जालीझेली पार्टी हाे, वाइसीएलले ठिक पार्छ: प्रचण्ड

एमाले जालीझेली पार्टी हाे, वाइसीएलले ठिक पार्छ: प्रचण्ड

काठमाडौं । माओवादीलाई घेरामा हालेर सखाप पार्ने रणनीति प्रतिक्रियावादीहरुले लिएकाे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । त्यो घेरा तोडेर प्रतिक्रियावादीहरुलाई परास्त गर्न कार्यकर्तालाई निर्देशन दिदै  हिजो बन्दुकले लड्ने युद्ध भन्दा आज लड्ने लडाई कठिन भएको उनले तर्क गरे ।सर्वहारा वर्गको अधिकार स्थापना गर्न पार्टी एकता गरेको तर केपी ओलीले एकता भताभुंग पारेको  आराेप लगाए ।

जसका कारण ‘बमबार्ड द हेडक्वाटर’ भनेर १९ वेजको दस्तावेज लेखेर वैचारिक बमबारी गको ठाेकुवा  गरे । प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलन र यो देश नै दुरघटनामा पर्ने खतरा देखेपछि हामीले सुविचारले त्यो प्रवृतिविरुद्ध अब निर्णायक संघर्ष गर्नुको विकल्प छैन भनेर संकल्प लिए, अब बमबार्ड द हेडक्वाटर भनेर हेडक्वाटर मै बम गिराईदिए, १९ पेजको दस्ताबेज बम हो ।’

सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरकाे आगन पार्टी प्यालेसमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले एमाले गणतन्त्र, संघीयता विरोधी रहेको दावी गरे । एमालेकाे भ्रम चिर्न र जनताका अधिकारकाे रक्षा गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए । एमाले जस्तो जाली, फटाहा पार्टी अरु नभएको तर्क गर्दै एकता गरेको केही समय पछि नै सखाप पार्ने बाटोमा ओली लागेको तर्क गरे ।

प्रचण्डले भने, ‘एकता भएको केही समयपछि नै ती सहमति, सम्झौता र दस्तावेजहरु च्यातिन थाले, केपी ओलीमार्फत, पहिले पनि त धोका दिएकै थिए नि केपीले त्यहि केपीलाई विश्वास गर्न किन गएको भनेर साथीहरु भन्न थाले, मैले के भन्ने गरेको छु पहिला त सहिछाप केही गरिया थिएन त्यसो भएको हुनाले ढोका दिएको हो, अहिले त हस्ताक्षेर नै गराइएको छ भने ।’

माओवादीलाई सखाप गर्ने रणनीति कसैले लिन्छ भने त्यसलाई वाइसीएलले ठिक पार्ने चेतावनी दिए । प्रचण्डले भने, ‘हामी फेरि एक नम्बरको पार्टी बन्ने पूरै सम्भावना छ, हामी बन्नै पर्छ, हामी बनेनौं भने देश बर्वाद हुने स्थिति छ, म तपाईहरुलाई यो विशेष रुपमा अपिल पनि गर्न चाहान्छु, हामीले छोड्ने बित्तिकै देश दुर्घटनामा जाने खतरा छ, त्यसकारण लोकतन्त्रको रक्षाका निम्ति हामी एक नम्बर हुनै पर्छ ।’

सुदुरपश्चिम प्रदेशका युवा नेता माेहनदेव विष्ट, पूर्व शान्ति मन्त्री सत्य पहाडी, झक्कु सुवेदीलगायत नेताहरूकाे उपस्थिति रहेकाे कार्यक्रममा देश, संविधान र गणतन्त्रको रक्षाका निम्ति माओवादी केन्द्र फेरी एक नम्बरको पार्टी बन्नैपर्ने  बेला आएकाे धारणा सहभागिले राखेका थिए ।

तस्वीरमा…

prachand

Mohotsav


Thali Mobile Pvt.Ltd.