भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एमाले नेतृत्वको सरकार कोशीमा पिन ढल्यो

एमाले नेतृत्वको सरकार कोशीमा पिन ढल्यो

काठमाण्डौ । नेकपा एमाले नेतृत्वको सरकार कोशी प्रदेशमा ढलेको छ । प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार ढलेको हो । केन्द्रमा गठबन्धन फेरबदल भएसँग त्यसको असर प्रदेशमा पनि परेको हो । यसअघि पाँच वटा प्रदेश सरकार फेरबदल भएका थिए ।

कोशीमा पनि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मतको प्रस्ताव राख्नुभएको हो । उहाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकारले ढलेको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै कोशी प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ जना सांसदले मत दिए । मतदानमा ८९ सांसद सहभागी भएकामा प्रस्तावको विपक्षमा ४३ मत परेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले विपक्षमा मतदान गरे । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

 


Thali Mobile Pvt.Ltd.