भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

काठमाडौं । विहीबार बसेको प्रतिनिधिसभाको बैठकबाट नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । बहुमत सांसदको समर्थनमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसद घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरे ।

प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा ३ स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

यता नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवारको रुपमा अगाडी सारेको थियो । तर पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

बिहीवारको बैठकमा २६८ जना उपस्थित रहेकोमा १६७ जनाले घिमिरेको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १०० र मत दिन्न भन्ने पक्षमा १ मत पर्‍यो ।

मंसिरमा भएको निर्वाचनमा घिमिरेले स्वतन्त्र सांसद स्वागत नेपाललाई पराजित गर्दै झापा– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.