भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल २१ वर्षपछि एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल २१ वर्षपछि एसिया कपमा छनोट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ। त्रिवि मैदानमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको १ सय १८ रनको मध्यम लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । उपाधि दिलाउन गुलशन झाले अर्धशतकीय पालि खेलेका थिए । लामो समय क्रिजमा टिकेका उनले ८४ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा ६७ रन बनाएका थिए ।

गुलशनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । भीमले ७२ बलमा अविजित ३६ रन बनाए। निकै खराब सुरुवात गरेको नेपालले २२ रनमा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । दुवै ओपनरसँगै कप्तान रोहितकुमार पौडेल पनि सस्तैमा आउट भएका थिए ।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै रोहन मुस्तफाको एलबीडब्लू धरापमा पारेका थिए । अर्का ओपनर आसिफ शेख पनि व्यक्तिगत आठ रनमा आयान अफजल खानको एलबीडब्लू सिकार भएका थिए । यस्तै नौ बल खेलेर एक रन मात्रै बनाउन सकेका कप्तान रोहितकुमार पौडेललाई रोहन मुस्तफाले बोल्ड गरेका थिए । यूएईका रोहन मुस्तफाले दुई तथा आयान अफजल खानले एक विकेट लिएका थिए।

 


Thali Mobile Pvt.Ltd.