ओम्नी समूहलाई ‘कालोसूची’बाट हटायो

ओम्नी समूहलाई ‘कालोसूची’बाट हटायो

काठमाडौँ । सरकारले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनललाई कालोसूचीबाट हटाएको छ । यसअघि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखिएको थियो ।

एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै हटाएको हो । सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णय बमोजिम कालोसूचीसम्बन्धी कारबाही स्थगन गरिएको हुँदा ओम्नी समूह कालोसूची बाट हटाएको कार्यालयका निर्देशक राजेश थापाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.